बझाङ: बुंगल नगरपालिकाले विषयगत शाखा र समग्र स्थानीय तहले प्रवाह गरेका सार्वजनिक सेवा प्रभावकारिताका विषयमा सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । बुंगल नगरपालिका स्थापना भए देखि नभएको सार्वजनिक सुनुवाइ नभएको भएपनि नगरपालिकाले आर्थिक बर्ष २०८०/८१ काे पहिलाे र दाेस्राे चाैमासिक सार्वजनिक सुनुवाइ गरेकाे हाे ।
बुंगल नगरपालिको आयोजना तथा नेपाल पत्रकार महासंघ बझाङकाे सहजिकरणमा ७ बर्ष पछि पहिलाे पटक सार्वजनिक सुनुवाइ भएकाे हाे । कार्यक्रममा १४० जना भन्दा बढि सेवाग्राहि, नागरिक समाज, राजनीतिक दल, विषयगत कार्यालयहरुको प्रमुख एवं प्रतिनिधिको उपस्थिती भएको थियो ।
कार्यक्रममा आर्थक वर्ष ०८०।०८१ को प्रथम तथा दाेस्राे चौमासिक सुनुवाइमा नगरपालिकाले गरेका सार्वजनिक सेवाको प्रभावकारिता को सम्बन्धमा ३० जना नागरिकहरुले आफनो गुनासो, प्रतिक्रिया र सुझावहरु सहित हाकाहाकी बहस गरिएको थियो । नागरिकहरु बाट प्राप्त भएका गुनासाहरुको सम्बोधन जवाफदेहि बक्ताको रुपमा नगरप्रमुख जय बहादुर धामी, उपप्रमुख धनबहादुर बाेहरा निमित्त कार्यकारि अधिकृत माधव प्रसाद जाेशी र बिषयगत कार्यालयका प्रमुख रहेका थिय । सार्वजनिक सुनुवाई कार्यक्रम पश्चात उठेका गुनासा प्रतिक्रिया र सुझावहरुलाई सम्बोधन गर्दै जवाफदेही वक्ताहरुले नगरपालिकाको योजना तथा कार्यक्रमहरुलाई चुस्त दुरुस्त रुपमा संचालन गर्नको लागि नगरपालिका सधै चनाखो रहेकाे बताएका छन ।
सार्वजनिक शान्ति सुव्यवस्था कायम गर्ने प्रतिवद्धता गर्नुका साथै लक्षित वर्गको लागि विनियोजन गरिएको रकम लक्षित वर्गमा नै खर्च गर्ने, स्वस्थ प्रतिष्पर्धाका आधारमा कर्मचारि नियुक्ती गर्ने, लगायतका सार्वजनिक प्रतिवद्धताहरु गरिएको छ ।
कार्यक्रममा गुनासाे, सुझाव र प्रश्नकर्ताहरुले नगरपालिकाकाे विकासमा लाग्न जनप्रतिनिधिलाई आग्रह गर्दै नगरकाे हित विपरित काम गरे राम्राे नहुने बताएका छन