बझाङ । बझाङ सदरमुकाम चैनपुर नजिक मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । जयपृथ्वी नगरपालिका वडा नम्बर ४ आम्पाटामा विपरित दिशा बाट आईरहेको ट्याक्टरलाई साईड दिनेक्रममा मोटरसाइकल दुर्घटना भएको हो । दुर्घटना परि जयपृथ्वी नगरपालिका ३ पडेशका २३ वर्षिय चालक शुशिल खड्का र मोटरसाईकल पछाडी सवार सोहि ठाउँका ३६ वर्षिय किशोर खड्का घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
सदरमुकाम चैनपुरबाट जयपृथ्वी नगरपालिका वडा नम्बर ३ पडेश तर्फ गइरहेको लु ११ प ६४९७ नम्बरको मोटरसाइकलले विपरित दिशा बाट आईरहेको ट्याक्टरलाई साईडदिने बेला सडकबाट करीब १५० मिटर तल सेती नदीमा खसेर दुर्घटना भएको हो ।
चालक शुशिल खड्काकोे टाउको र शरीरका विभिन्न भागमा तथा किशोर खडकाको अनुहार र खुट्टामा गम्भिर चोट लागेको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी प्रहरी निरीक्षक दिपेश चौधरीले बताउनुभयो । घाइते दुवै जनाको जिल्ला अस्पताल सिमखेत उपचार भईरहेको छ ।