खेलकुद महासंघको केन्द्रीय सदस्यमा बझाङका हिलारी हिक्मत बोहोरा मनोनित

Image

बझाङ । नेपाल खेलकुद महासंघको केन्द्रीय सदस्यमा बझाङका हिलारी हिक्मत बोहोरा मनोनित भएका छन् । नेपाल खेलकुद महासंघको दोस्रो पूर्ण बैठकबाट बझाङको सुर्मा गाउँपालिका घर भएका बोहरा खेलकुद महासंघको केन्द्रीय सदस्यमा मनोनित भएका हुन् ।

विगत लामो समयदेखि खेल जगतमा काम गरेका हिलारी सितोरियो कराँतेको टुडन पनि हुन् । युवा संघमा आवद्ध रही काम गरेका हिलारीले जिल्लादेखि राष्ट्रिय स्तरसम्मका थुप्रै खेलकुद प्रतियोगितामा भाग लिइसकेका छन् । उहाँले खेलकुद महासंघको केन्द्रीय सदस्यमा मनोनित भएपछि जिल्लाको खेलकुद जगतमा सधैब अघिबढ्ने पनि बताएका छन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन