बझाङ । एमाले बझाङ जिल्ला अधिवेशन उद्धाटन गर्न एमाले अध्यक्ष तथा पुर्व प्रधामन्त्री केपिशर्मा ओली बझाङ आउने भएका छन् । यहि माघ १९ र २० गते केदारस्युँ गाउँपालिकाको झोतामामा संचालन हुने आठौँ जिल्ला अधिवेशनमा प्रमुख अथितिको रुपमा एमाले पार्टी अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपिशर्मा आली र विशिष्ट अथितीमा पार्टी महासचिव शंकर पोखरेललाई आमन्त्रण गरिएको हो ।
साथै एमाले बझाङले आठौ अधिवेशनलाई ऐतिहासिक रुपले भव्यताका साथ सम्मन गर्नको लागि दुई ओटा मुल समिती र १७ वटा उपसमिति गठन भएको माहाधिवेशन प्रचार प्रचार उपसमितीका संयोजक आनन्दलाल विश्वकर्माले जानकारी दिनुभएको छ । जिल्लाका सबै वडाहरुबाट माघ १० गते र पार्टीका भातृ संगठन बाट माघ ११ गते महाधिवेशन प्रतिधिनि छनोट गरिने उहाँले बताउनु भयो । एमाले बझाङको आठौँ अधिवेशनले एमालेमा सकेसम्म सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्ने र सहमति हुन नसकेको अवस्थामा निर्वाचनको विधि अवलम्बन गरिने पनि उहाँको भनाई छ ।