बझाङमा भिरबाट लडेर एक महिला घाइते

Image
फाइल तस्विर

बझाङ । बझाङमा भिरबाट लडेर एक महिला घाइते भएकी छिन् । जिल्लाको केदारस्युँ गाउँपालिका –९ लामेकी ४५ वर्षीया गौमती देवी धामी शुक्रबार लामेभिर भन्ने जंगलमा घास काट्ने क्रममा भिरबाट लडेर घाइते भएकी हुन्।

घास काट्न गएकि धामी साँझ सम्म घर नआएपछि आफन्तले जोखी गर्दा भिरबाट खसेर घाइते अस्थामा फेला पारेको थिए । घाईते धामीलाई स्थानिय स्वास्थ्य केन्द्रमा सामान्य उपचार पछि स्थानियले थप उपचारको लागि जिल्ला अस्पताल ल्याएको भएपनि जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई थप उपचारको लागि धनगढी रेफर गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

घाइते धामीको टाउँको र हात खुट्टामा चोट देखिएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन