बझाङ । घरेलु कार्यालय बझाङको आयोजनामा १५ दिने डल गुडिया बनाउने तालिम सम्पन्न भएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका वडा नं १० मा घरेलु तथा साना उद्योग कार्यालयको आयोजनामा यही पौष ७ गते बाट सञ्चालन भएको १५ दिने आधारभूत डल गुडिया बनाउने तालिम आईतबार एक कार्यक्रमका बिच समापन गरिएको घरेलु कार्यलयका सुचना अधिकारी दशरथ जप्रेलले जानकारी दिनुभयो।
घरेलु कार्यालयको वार्षिक कार्यक्रम अनुसार संचालन भएको तालिममा जिल्लाका बिभीन्न पालिकाकाबाट भएका १७ जना महिलाहरूले सहभागी जनाएका थिए । तालिमको समापन कार्यक्रममा बोल्दै जयपृथ्बी नगरपालिका वडा नमबर १० का वडा अध्यक्ष पुष्प बहादुर सिहले सीप सिकेर ब्यबहारमा उतार्नु पर्ने बताउनुभयो । तालिममा रहेको उत्साह भोलीका दिनमा पनि निरन्तर दिई ब्यबहारमा उतार्नुपर्ने उहाको भनाइ थियो ।
त्यस्तै घरेलु कार्यालयका प्रमुख तथा समापन कार्यक्रमका सभापति खडक बोहराले थोरै लगानी बाट पनि धेरै आम्दानी गर्न सकिने बताउनुभएको छ । बोहराले नागरिकको आर्थिक अवस्था सुधार गर्नका लागि र जिविकोपार्जनमा सहयोग र्पुयाउने हेतुले तालिम सञ्चालन गरिएको बताउनुभयो । उहाँले तालिममा सहभागिहरुलाइ सिप सिकेर स्थानीयले उत्पादन गरेका बस्तुलाई बजारीकरण गर्न पालिकाले पनि सहयोग गर्नुपर्ने बताउनु भयो ।