एमाले बझाङको जिल्ला अधिवेशन माघ १९ र २० गते हुने

बझाङ । नेकपा एमाले बझाङको जिल्ला अधिवेशन आगामी माघ १९ र २० गते हुने भएको छ ।

बुधबार पार्टी कार्यालय चैनपुरमा बसेको बैठकले पार्टीको जिल्ला अधिवेशन आगामी माघ १९ र २० गते गर्ने निर्णय गरेको हो । आठौँ अधिवेशन केदारस्युँ गाउँपालिकाको झोतामा आयोजना गर्ने निर्णय गरेको नेकपा एमाले केन्द्रीय सदस्य ऐन महरले जानकारी दिए ।

जिल्ला अधिवेशनका लागि सबै वडाबाट प्रतिनिधि छान्ने र कार्यक्रम व्यवस्थापनको तयारी गरिने गरी अधिवेशनको मिति तोकिएको हो । आठौँ अधिवेशनले एमालेमा सकेसम्म सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्ने र सहमति हुन नसकेको अवस्थामा निर्वाचनको विधि अवलम्बन गरिने उनले बताए ।

Samajik
Bithadchir 2
Loading...