पत्रकार महासंघका अध्यक्ष रोकायासहित तीन पत्रकार सम्मानित !

Image

बझाङ ; बझाङका तीन जना पत्रकार सम्मानित भएका छन् । बझाङ जिल्लामा रहेर पत्रकारितामा दशक देखि कलम चलाउदै आएका अग्रज पत्रकार एवं कान्तिपुर राष्ट्रीय दैनकमा कार्यरत वसन्तप्रताप सिंह ,नेपाल पत्रकार महासंघ बझाङ जिल्ला शाखा अध्यक्ष तथा गोख्रापत्र राष्ट्रीय दैनिकका जिल्ला संम्वादताता शैलेन्द्र रोकाया र नेपाल पत्रकार महासंघ बझाङ जिल्ला कार्यसमिती सदस्य उत्तम कुमार थापा सम्मानित भएका हुन् ।

आज दलित सहयोग समाजले एक कार्यक्रम गर्दै तीनै जना पत्रकारले जिल्लाभित्र रहेर सञ्चार माध्यममा विभिन्न कुरिती कुसंस्कार, अन्धविश्वास र समाजमा रहेका हानिकारक व्यवहार विरुद्धका सवाललाई प्रकाशन तथा प्रशारणमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै कदरपत्र सहित सम्मान गरेको हो ।

दलित सहयोग समाजले बझाङ जिल्लामा रहेर विभिन्न सामाजिक कामहरु गरीरहेको भएपनि अझै पनि हाम्रो समाजमा विभिन्न प्रकारका कूपर्था कूसंस्कारहरु कायमै रहेकाले यसको विरुद्धमा कलम चलाएर सहयोग गरेको भन्दै तीनै जना पत्रकारलाई सम्मान गरिएको दलित सहयोग समाजका कार्यकारी निर्देशक सुनिल नेपालीले बताउनुभयो ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन