बझाङ। बझाङमा जेसिबी दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । सोमबार राती ९ ः ३० बजेको समयमा जयपृथ्वी नगरपालिकाको जेसिवी दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय बझाङले जनाएको छ ।
जयपृथ्वी नगरपालिका ९ सिमखेत स्थित पुरानो बस पार्क नजिक सु. प.प्र. २४५३ नम्बरको जेसिवी दुर्घटना भएको हो । जेसिवी दुर्घटनामा परि बित्थडचिर गाउँपालिका–६ घर भएका ३० वर्षीय चालक प्रकाश कठायतको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
जेसिवी बसपार्कबाट जयपृथ्वी नगरपालिका कार्यालय तर्फ जाँदै गर्दा सडक खण्डबाट २० मिटर तल खसेको र चालकको सिटमुनि च्यापिन गई घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । अहिले मृतक कठायतको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ ।
मृतक कठायत जयपृथ्वी नगरपालिकाको जेसिवी मेसिन चलाउँदै आएका थिए । दुर्घटनाको कारण भने खुल्न सकेको छैन । घटनाको विषयमा थप अनुसन्धान भइरहेको बझाङ प्रहरी प्रमुख डिएसपी भरत शाहले बताउनुभयो ।