जिल्ला अस्पताल बझाङमा एक गर्भवती महिलाको मृत्यु !

बझाङ । जिल्ला अस्पताल बझाङमा एक गर्भवती महिलाको ज्यान गएको छ । मृत्यु हुनेमा केदारस्युँ ६ सिङराल्लीका ३५ वर्षीय गौबडीदेवी धामी रहेकी छन् । उनको बिगत ३ महिनादेखि नियमित गर्भ जाँच नगराएका कारण बच्चा खेर गइसकेको र आन्तरिक रक्तश्रावका कारण आज दिउँसो ४:२१ बजे मृत्यु भएको जिल्ला अस्पताल बझाङ स्रोतले बताएको छ ।

उनमा उच्च रक्त चाप पनि भएकाले घरबाटै समस्या लिएर रायल प्राथमिक स्वास्थ्य केन्द्र देउरामा आएको र स्वास्थ्य केन्द्रले त्यहाँ सम्भव नदेखिएपछि जिल्ला अस्पताल रेफर गरेको केदारस्युँ गाउँपालिका स्वास्थ्य शाखा संयोजक कैलाश बलाएरले बताउनुभयो । उहाँका अनुसार छिप्पिएको उमेर भएकी धामीले पारिवारिक लापरबाहीकै कारण ज्यान गुमाउनु परेको हो ।

बेहोस अवस्थामा जिल्ला अस्पताल ल्याइएकी उनको थप उपचारका लागि हेलिकप्टर व्यवस्थापन गरिरहेका बेला धामीको मृत्यु भएको हो । गाउँघरमा नियमित गर्भवती चेकजाँच नहुने, रक्तचापबारे थाहा नहुने भएका कारण गर्भवती महिलाले ज्यान गुमाउनु परिरहेको छ ।

Hohel Kananga
Loading...