बुंगल नगरपालिकामा ५ महिनामा तीन प्रशासकीय अधिकृत फेरिए !

Image
बुंगल नगरपालिका

सुरेश धामी , बझाङ । बुंगल नगरपालिकामा यो चालु आर्थिक बर्षको पाँच महिनामा मात्रै तीन जना प्रमुख प्रशासकीय अधिकृत फेरीका छन् ।

गत असोजमा नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत सुर्यप्रशाद चापागाईको मकवानपुर सरुवा भएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दुई महिनाको लागि नगरपालिकाको प्रशासन र आर्थिक अधिकार सहित निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी धुर्वराज जोशीलाई दिएको थियो।

उहाँको कार्यअवधी मंसिर २४ गते सकिएपछि फेरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नगरपालिकाको प्रशासन र आर्थिक गतिविधि सहितको जिम्मेवारी बुंगल नगरपालिकामा कार्यरत नेपाल स्वास्थ्य सेवा हेल्थ इन्स्पेक्सन समुह अधिकृत छैटौ तहमा कार्यरत माधव राज जोशीलाई दिएको हो । बुंगल नगर कार्यपालिकाले आर्थिक अधिकार सहित जोशीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिने निर्णय गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्र पठाएपछि मन्त्रालयले अर्को व्यवस्था नहुन्जेल सम्मका लागि प्रशासन र आर्थिक अधिकार सहितको जिम्मेवारी जोशीलाई सुम्पिएको हो ।

बुंगल नगरपालिकामा यो चालु आर्थिक बर्षमा मात्रै ३ जना प्रशासकीय अधिकृत फेरीएका छन् । यसरी छोटो समयमानै प्रशासकीय अधिकृत फेर्दा सेवा प्रवाह समेत फितलो हुने गरेको र आर्थिक कारोबारमा पनि समस्या हुनेगरेको स्थानियले बताएका छन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन