सूचना नदिएपछि बुंगल नगरपालिका संग राष्ट्रिय सूचना आयोगले माग्यो लिखित जवाफ

Image
बुंगल नगरपालिका

सत्यराज सिंह , बझाङ । राष्ट्रिय सूचना आयोगले बझाङको बुंगल नगरपालिकासँग ७ दिने लिखित जवाफ माग गरेको छ । बझाङका पत्रकार सुरेश धामीले नेपालको संविधानको धारा २७ तथा सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३ र ७ अनुसार  सूचना माग गर्दै नगरपालिकाका सूचना अधिकारी देवराज जोशीलाई निवेदन दिएका थिए । तर तोकिएको १५ दिनभित्र सूचना नपाएपछि निवेदक धामीले कार्यालयका प्रमुखलाई सुचना उपलब्ध नगराउने सुचना अधिकारीलाई कारबाही गरि सुचना उपलब्ध गरीपाऊ भन्दै उजुरी दिएका थिए ।

सूचना मागको निवेदन र उजुरीमाथि कुनै सुनुवाइ नभएपछि धामीले नगरपालिकाले  सुचना उपलब्ध नगराएर  नेपालको संबिधानको धारा २७ मा प्रत्याभूत सुचनाको हक एवं सुचनाको हक सम्बन्धि ऐन २०६४को धारा ३ अनुसार हकमा आघात   पुर्‍याएको भन्दै राष्ट्रिय सूचना आयोगमा पुनरावेदन गरेका थिए । पुनरावेदन माथि बिहीबार  आयोगका प्रमुख सुचना आयुक्त  महेन्द्र मान गुरुङको इजलासले पुनरावेदनको सुनुवाइ गर्दै ७ दिनभित्र लिखित जवाफ पेश गर्न नगरपालिकाका नाममा राष्ट्रिय सुचना आयाेगले आदेश दिएको हो । आदेशमा उल्लेख छ, ‘दफा १०(२) बमोजिम ७ दिनभित्र लिखित जवाफ पेश गर्नू ।’

पत्रकार धामीले नगरपालिका संग निन्न सुचना माग गरेका थिए 

१. बुंगल नगरपालिकाले बनाएको खेलकुद ऐनको प्रितिलिपी।

२. बुंगल खेलकुद समितीमा नगरपालिकाले कर्मचारी भर्ना गर्नको लागि गरेको नगरकार्यपालिकाको निर्णयको प्रतिलिपी।

३.  नगरपालिकाको स्काइभेटरको विषयमा छानविन समितीले तयार पारेको प्रतिवेदन ,  स्काइ‌भेटरको बिलबुक सहित नविकरण गराएको कागजातको प्रतिलिपी ।

४. आर्थक वर्ष २०८०/८१ को योजना बिताब एक थान र निती तथा कार्यक्रमको प्रतिलिपी ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन