बझाङमा जिप दुर्घटना हुँदा चालक घाइते

बझाङ । बझाङमा जिप दुर्घटना हुदाँ चालक घाईते भएका छन् । जिल्लाको बझाङ बुंगल नगरपालिका २ गिरौ सुगरीबगर स्थित भित्री कच्चि सडक खण्डमा चालक बुंगल नगरपालिका १ गोइचन बस्ने बर्ष ३० का हर्क बहादुर बोहराले चलाएको से.१ज. ७९४ नंम्बरको जिप स्टाट गरी ब्याग गर्ने क्रममा एक्कासी सडकबाट अन्ताजी  १०० मिटर तल खसी दुर्घटना हुँदा चालक बोहरा घाईते भएका छन् ।

चालक बोहराको टाँउकोमा चोट लागेको र उपचारको लागि देउलेख प्राथमिक स्वास्थ्य केन्द्र पठाएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । घाइते बोहराको अवस्था मध्यम रहेको छ । आज बिहीबार बिहान .०६;३० बजेको समयमा दुर्घटना भएको र स्थानियले जानकारी गराएपछि अस्थायी प्रहरी पोष्ट बिजगडा बाट ३ जनाको प्रहरी टोली घटना स्थलमा खटाएको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी दिपेश चौधरीले जानकारी दिनुभयो ।

Loading...