बझाङ ; जिल्लाको बुंगल नगरपालिकामा महिलाहरुका लागि निशुल्क स्वास्थ्य शिविर संचालन गरिने भएको छ। दलित सहयोग समाज , समान व्यवहार परियोजना र बसंगल नगरपालिका वडा ९, १० र ११ को सहयोगमा तथा बुंगल नगरपालिका वडा नं ९ को आयोजनामा महिलाहरुका लागि निशुल्क स्वास्थ्य शिविर संचनलज गरिन बुंगल नगरपालिका वडा नं ९ का अध्यक्ष हरीस सिंहले जानकारी दिनुभयो ।
पौष ७ गते बुंगल नगरसपालिका वडा नं ९ को देउलीकोट स्वास्थ्य चौकीमा संचालन गरीने शिविरमा स्त्रीरोग विषशज्ञ महिला डाक्टर द्धारा महिलाहरुको तल्लोपेट सम्बन्धी रोगहरु तथा आङ (पाठेघर) खसेका महिला विरामीहरुको विषेश उपचार गरिने वडा अध्यक्ष सिंहले बताउनु भयो ।
शिविरमा महिलाहरुको योनी चिलाउने , योनीमा फोडा फुन्सी भएका, महिनावारीमा गडबडी हुने तथा तल्लो पेट दुख्ने, स्तनमा गाठागुठी भएको ,योनीबाट सेतोपानी बग्ने ,योनीबाट पटक–पटक रगत बग्ने , यौन सम्पर्कमा दुखाई तथा हिडडुल गर्दा आङ तल आएको अनुभव हुने ,असजिलो हुने लक्षण भएका महिलाहरुले सेवा लिनसक्ने छन् । यस्ता लक्षण देखिएका मिहिलाहरुले शिविरमा आएर निशुल्क सेवालिई मौकाको फाइदा उठाउन पनि दिउलिकोट स्वास्थ्य चौकीले आग्रह गरीएको छ ।