थलारा ; थलारा गाउपालिकामा दुई दिने पञ्चबर्षिय राेजगार रणनैतिक याेजना सम्बन्धी अभिमुखिकरण गाेष्ठी आजबाट सुरु भएकाे छ । गाँउमा स्वराेजगारका अवसर नभयपछि राेजगारीका लागि युवा विदेशिने क्रम बढेकाेले स्वदेशमै राेजगारका अवसर सिर्जना गर्न थलारा गाउपालिकाकाे आयाेजना र प्रगतिशील युवा समाजकाे सहकार्यमा पालिका स्तरीय रणनैतिक याेजना बनाउने बिषयमा छलफल सुरु गरेकाे छ ।
पालिकाले आगामी ५ बर्ष भित्रमा कस्ता कस्ता क्षेत्रमा राेजगारकाे अवसर सृजना गर्न सकिन्छ भनेर क्षेत्र पहिचान गर्न सराेकारवाला संग छलफल सुरु गरेकाे छ । कार्यक्रममा बाेल्दै थलारा गाउपालिकाका अध्यक्ष प्रकाश राेकायाले पालिकामा राेजगारीका अवसरका लागि कृषि र पर्यटन क्षेत्रकाे सम्भावना भएकाले यस विषयलाई पालिकाले प्राथमिकतामा राखेकाे बताउनु भयाे ।
थलारामा फलफुल तरकारी खेतीकाे राम्राे सम्भावना भएकाले रणनीति याेजनामा याे विषय समेटनुपर्ने बताउनु भयाे । थलारा हुँदै खप्तड बडीमालिका र खप्तड शैलेश्वरी जान पनि सहज हुने भएकाले पर्यटन मार्फत पनि राेजागरीका अवसर सिर्जना हुने बताउनु भयाे ।
गाँउपालिका उपाध्यक्ष राम बहादुर खातीले अहिले पालिकाका धेरै जसाे ठाँउमा सडक सञ्जाल जाेडिएकाले सडक स्तराेन्नतिकाे काम गरेेर पालिका भित्रका कृषि उपजलाई बजारीकरण गरि सहजता बनाईने बताउनु भयाे । स्थानिय सरकारले युवा विदेश पलायनकाे अवस्थालाई राेक्नका लागि रणनीतिक याेजनाले समेटनु पर्ने बताउनु भयाे ।