काठमाण्डौ महानगरपालिकाले साईपाल गाउँपालिकालाई एम्बुलेन्स उपलब्ध गराउने ।

 बझाङ । काठमाण्डौ महानगरपालिकाले बझाङको साईपाल गाउँपालिकालाई एम्बुलेन्स उपलब्ध गराउने भएको छ । महानगरपालिकाले असोज ४ गते ३५ वटा एम्बुलेन्स वितरण गर्नका लागि देशभरीका इच्छुक स्थानीय तहलाई विवरण माग गरेको थियो ।

सोही सुचनाको आधारमा साईपाल गाउँपालिकाले तोकिएको मापदण्ड अनुसार विवण उपलब्ध गराई  महानगरपालिका संग एम्बुलेन्स माग गरेकोले महानगरपालिकाले साईपाल गाउँपालिकालाई छनोट गर्दै एम्बुलेन्स दिने निणंय गरेको हो  । महानगरले मंगलबार साईपाल गाउँपालिकालाई पत्राचार गर्दै एम्बुलेन्स प्राप्त गर्नको लागि राष्ट्रीय एम्बुलेनस निर्देशिका २०७८ मबोजिम प्रक्रियाहरु अबलम्बन गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट राजश्व छुटको व्यवस्था मिलाएर सम्पुर्ण कागजात सहित महानगरपालिकाको स्वास्थ्य विभागमा सम्पर्क गर्न आग्रह गरेको छ ।

Samajik
Bithadchir 2
Loading...