छोराको आशमा ६ छोरीको जन्म, श्रीमानको मृत्युपछि भूकम्प पीडित लक्ष्मीलाई हातमुख जोड्नै समस्या

बझाङ । बझाङकी ४० वर्षीया लक्ष्मीदेवी गिरी उमेर भन्दा निकै पाकी देखिनुहुन्छ । छविस पाथिभेरा गाउँपालिका वडा नं १ सुङ्ला टोलकी लक्ष्मीदेवीले छोरा पाउने आशमा एकपछि अर्को गर्दै ६ छोरी जन्माई सक्नु भएको छ । जेठी छोरीको उमेर १३ वर्ष पुगिसकेको भएपनि उहाँलाई एउटा भएपनि छोरा जन्माउनु पर्ने पारिवारिक दबाब थियो ।

जेठी छोरीको जन्म भएपछि छोराको आश गरेकी उहाँले जेठी छोरीपछि दुई दुई बर्षको अन्तरालमा लगातार चारवटा छोरीलाई जम्नदिनुभयो । पटक पटक सुत्केरी हुनु तथा पोषिलो खानपिन र आराम नपाउनाले उहाँको शारीरिक अवस्था दिनानुदिन कमजोर हुँदै गयो। त्यसमाथि कामको बोझ बढ्दै गयो । तर, लक्ष्मीदेवीले सामाजिक र पारिवारिक दबाबका कारण छोरा पाउने आश भने मार्नुभएको थिएन । पाँच छोरीलाई जन्मदिनुभएकी उहाँले छैठौँ सन्तानको रुपमा छोरा पेटमा हुर्काउनु भयो, तर उहाँको शारीरिक अवस्था कमजोर भएर पनि होला उहाँले जन्म दिएको छोरा गर्भ भित्रै मरिसकेको थियो । पाँच छोरीलाई जन्मदिनु भएकी उहाँले छोरा बचाउन सक्नुभएन । अझै उहाँको छोरा पाउने आश मरेको थिएन फेरि ३७ बर्षको उमेरमा उहाँले एउटा छोरीलाई जन्म दिनुभयो । छोराको आशमा सात वटा सन्तानलाई जन्म दिनु भएकी लक्ष्मीलाई छोरीहरु हुर्काउन निक्कै दुःख गर्नुप–यो ।

छोरी सबै बिहे गरेर अर्काको घर जान्छन्, बुढेसकालको सहाराका लागि पनि छोरा त चाहियो नि । छोरा नभए वंश रोकिने हुनाले एउटा भएपनि छोरो त चाहिन्छ । छोरा नभए समाजले अपुत्रो भन्ने र छोरीको विवाह गरेर ज्वाइँको घर पठाएपछि बुढेसकालको सहारा छोरा मात्र हुने भएकाले पनि छोरा आवश्यक भएको उहाँकोे भनाइ छ । ‘छोरी सबै बिहे गरेर अर्काको घर जान्छन्, बुढेसकालको सहाराका लागि छोरा त चाहियो नि’, ‘छोरा नभए वंश रोकिने हुनाले एउटा भएपनि छोरो त चाहिन्छभनेर छोराकै आसमा छ छोरीलाई जन्मदिएको लक्ष्मीदेवीले बताउनुभयो ।’

उहाँका श्रीमान राम गिरीको पनि जागिर थिएन , श्रीमान श्रीमतीदुवैले सामान्य मजदुरी गरेर घर व्यवहार चलाउने गरेको उहाँले सुनाउनु भयो । छोरीहरूको उमेर बढेसँगै मजदुरी गरेर घरखर्च चलाउन मुस्किल पर्यो । छोरा नपाएर छोरीहरु धेरै भएपछि समाजका मानिसहरुले लक्ष्मी दम्पतीलाई अपुत्रो भनेर कुरा काट्थे र घर परिवारकै अन्य सदस्य पनि विभिन्न वहाना बनाउँदै उहाँलाई दुःखदिने गरेको उहाँले बताउनु भयो । पछि घर परिवारबाट पनिपनि फरक व्यवहार पाएपछि लक्ष्मीले एउटा झुप्रो बनाएर परिवारका अन्य सदस्यहरुबाट छुट्टीएर आफ्नो छोरी र श्रीमानसँग बस्न थाल्नुभयो । छुट्टीएपछि पनि छोरीहरूकै लालनपालमा सबै खर्च हुने भएकाले राम्रो घर बनाउन सक्नुभएन ।

उहाँले बनाएको एउटा झुप्रो पनि गत असोज १६ गते बझाङमा गएको भुकम्पले भत्काएपछि उनीहरू शरणार्थी बनेका छन् । छोरा नपाएकै कारण र छोरीलाई हुर्काउन विद्यालय पढाउन खर्च चलाउन पनि नपुग्ने लक्ष्मीको परिवारमा घर भुकम्पले भत्काउदा शरणार्थी बनेका लक्ष्मीका श्रीमान राम गिरी तनावकै कारण सधै मधिरा सेवनगर्न थाल्नुभयो । सामाजका मान्छेले छोरा नभएर वंश रोकिएको कुरा सुनाउदा अनि भुकम्पले झुप्रो भत्काउदा लक्ष्मीका श्रीमान रामले तनावकै कारण मधिरा सेवनगर्न छोडेनन् उहाँले अत्याधिक मधिरा सेवनगर्न थालेपछि मधिरा सेवनकै कारण उहाँको गत कार्तिक १ गते मृत्यु भयो।

आफुलाई सहारा दिने अनि छोरी हुर्काउन साथदिने श्रीमानले पनि सदाकालागि छोडेर गएपछि अहिले लक्ष्मीलाई छोरीहरु हुर्काउन निक्कै गाह्रो भएको लक्ष्मीले बताइन् ‘उहाँले भन्नुभयो छोरा मेरो भाग्यमै रहेन छ, ‘छोरा नपाए पछि छोरीमै चित्त बुझाएकी थिए तर घरको झुप्रो भुकम्पले लग्यो’ श्रीमानले पनि छोडेर मधिरा सेवन गरेर संसारबाट बिदा हुनुभयो र हाम्रो साथ छोड्नुभयो । अब मेरो र छोरीहरुको साहरा केही छैन लक्ष्मीले भन्नुभयो । लक्ष्मीकी छ ओटै छोरी थलारा गाउँपालिका ९ मा रहेको चक्रेश्वर माध्यामिक विद्यालय मालुमेलामा पढ्दै छन् । जेठी छोरी संगिता गिरी कक्षा ९ मा पढ्छिन भने कान्छी छोरीलाइृ पनि यो बर्ष बाल कक्षामा भर्ना गरिएको छ । भुकम्पले उहाँको घर भत्काएपछि अहिले एकजना समाजसेवी तथा नेपाल तरुण दलका विष्णु ऐडीले जस्ताको पाता लगाएर उहाँलाई बस्नको लागि सानो टीनको टहरा निर्माण गरी दिनु भएको छ ।

अहिले छोराछोरीको जीवन कसरी धान्ने चिन्तामा हुन्छ । उहाँलाई धेरै सन्तानले गरिबी बढाउने र जीवनमा पर्नसक्ने कठिनाइको चिन्ताले भने छाडेको छैन । उहाँसँग खेतीपाती गर्ने थोरै खेतीयोग्य जमिन मात्रै रहेको छ । छ सन्तान र आफुसहित ७ सदस्यीय परिवारको दैनिक छाक टार्नेदेखि आधारभूत आवश्यकता पूरा गर्न धौधौ छ । ‘छोराको आशामा ६ छोरी जन्मिए,’ १७ वर्षकै उमेरमा उहाँकोे सामान्य परिवारमा मागी विवाह गरेकी लक्ष्मीले भन्नुभयो, ‘धेरै सन्तान भएपछि परिवार धान्न मुस्किल भइरहेको छ ।’ घर परिवारमा छोरा चाहिने दबाबको चक्करमा दम्पतीले सात सन्तान जन्माएको उहाँले बताउनु भयो । ’छोराछोरीको पालनपोषण, पढाइ खर्च जुटाउन जंगलबाट काठ दाउरा ल्याएर व्यापार गर्थे ।’ उहाँले भन्नुभयो, ’अब उमेरले पनि सक्दैन, अब कमाईले नधानेपछि विद्यालय पढ्दै गरेकी जेठी छोरीलाई स्कुल छोडेर काम गर्न लागाउनुपर्ने भयो ।’

छोराकै आसमा धेरै सन्तान जन्माउने दम्पतीको प्रवृत्ति समाजमा धेरै छ । छोरा र छोरी बीच विभेद हटेको छैन। परिवार नियोजन, थोरै सन्तानबाट हुने सुख र अभिभावकीय दायित्व जिम्मेवारी बारे स्थानीयतह, विभिन्न संघसंस्थाले सामाजिक सचेतना कार्यक्रम गरे पनि ‘छोरा’लाई मात्रै सन्तानमान्ने परम्परा तोडिन सकेको छैन । यो समाचार हिमालय टाइम्समा सुरेश धामीले लेखेका छन् ।

Samajik
Bithadchir 2
Loading...