नेविसंघ प्रदेश सभा क्षेत्र (क) बझाङको संयोजकको जिम्मेवारी कठायतलाई !

Image

बझाङ :  नेपाल विद्यार्थी संघको विधान वमोजिम नेपाल विद्यार्थी संघ बझाङ प्रदेश सभा क्षेत्र (क)कोे संयोजकको जिम्मेवारी विनोद कठायतलाई दिएको छ । नेविसंघको विधान २०२७ को छैटौँ संशोधन २०७५ अनुसार उनलाई उक्त जिम्मेवारी दिएको हो ।

यस्तै नेपाल विध्यार्थी संघ बझाङ प्रदेश सभा क्षेत्र (ख)को संयोजकको जिम्मेवारी विष्णुप्रसाद अवस्थीलाई दिएको छ । नेपाल विद्यार्थी संघले विज्ञप्तीमार्फत कठायत र अवस्थीलाई संयोजकको जिम्मेवारी दिईएको जानकारी दिएको हो ।

नेपाल विध्यार्थी संघ जिल्ला कार्यसमिती बझाङका अध्यक्ष उमेश जेठाराले उनलाई यस पदमा मनोनयन गरेका हुन् । कठायले २०७४ सालमा नेपाल विध्यार्थी संघ मष्टा गाउँपालिकाका सभापतीको जिम्मेवारी पाएका थिए । २०७७ सालमा उनि नेविसंघको जिल्ला कार्य समिती सदस्यमा मनोनित भए ।

कठायत २०७४ सालदेखि नेपाल विद्यार्थी संघको राजनितीमा सक्रिय छन् । नेविसंघले दुबै जनालाई सफल कार्यकालको शुभेच्छा समेत विज्ञप्तीमार्फत प्रकट गरेको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन