बझाङमा गाँजासहित तीन जना पक्राउ

बझाङ ; बझाङको खप्तडछान्ना गाउँपालिकामा प्रहरीले ठूलो परिमाणमा गाँजा सहित ३ जनालाई पक्राउ गरेको छ । आइतबार साँझ ५ बजे जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलिले घर खानतलासी गर्ने क्रममा लागुऔषध (गाँजा) सहित ३ जनालाई पक्राउ गरेको हो । प्रकाउ पर्नेमा खप्तडछान्ना गाउँपालिका–७ गोरखाली बस्ने ६४ बर्षीय खडक खड्का, गोरर्खा जिल्ला अजिरकोट गाउँपालिका–२ खरिकोट बस्ने ३८ बर्षीय सन्तोष गुरुङ र पर्सा जिल्ला सुकौली पटेर्वा गाउँपालिका–९ लक्ष्मीपुर बस्ने ५५ बर्षीय राम बहादुर गुरुङ रहेका छन् ।

उनिहरुको साथबाट गाँजाको दाना र धुलो गरी ९१ केजी, ५ सय १५ ग्राम र गाँजा बनाउन प्रयोग गरिने सामान सहित प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी भरत शाहले बताए ।

नियन्त्रणमा लिएका तीनै जनालाई जिल्ला अदालत बझाङले १५ दिनको म्याद थप गरी जिल्ला प्रहरी कार्यालय बझाङको हिरासतमा राखि अनुसन्धान भइरहेको समेत डिएसपी शाहले बताए ।

Loading...