बझाङका भूकम्प पीडितलाई सुदूरपश्चिम कलाकार समाज द्वारा राहत वितरण

बझाङ ; बझाङका भूकम्प पीडितलाई सुदूरपश्चिम कलाकार समाज काठमाडौले राहत उपलब्ध गराएको छ । सुदूरपश्चिम कलाकार समाज काठमाडौका अध्यक्ष सुरेश बोहराको नेतृत्वमा काठमाडौंमा देउसी भैलो खेलेको र अन्य समाजसेवीहरुले उपलब्ध गराएको रकमबाट सुदूरपश्चिम कलाकार समाजका उपाध्यक्ष भानुभक्त जोशी , सचिव टेक बोगटी लगाएतका कलाकारहरुले जिल्ला समन्वय समितिका प्रमुख नर बहादुर बोहराको उपस्थितिमा बझाङको जयपृथ्वी नगरपालिकाका भुकम्प पीडितलाई राहात उलपब्ध गराएको सुदूरपश्चिम कलाकार समाजका सचिव एवं कलाकार टेक बोगटीले जानकारी दिनुभयो ।

पूर्ण रुपमा घरमा क्षति भएर खान तथा बस्नका लागि समस्यामा परेका र त्रिपालमुनी बस्दै आएका स्थानिय रचना सुनुवार , दुरु विक , ललिता दमाई , शान्ति दमाइ, पारस नेपाली किड्नी दमाई , प्यारु ओखेडा लक्ष्मी रसाइली , लगाएको १५ परिवारमा करिब ७५ जना सदस्यहरुलाई सहात सामाग्री चामल, ट्राकसुट सुट, व्यालेङ्केड सेट ,साबुन लगाएको सामाग्री वितरण गरेको समाजका अध्यक्ष सुरेश बोहराले बताउनुभयो ।

मंगलबार सदरमुकाम चैनपुरमा रहेका पीडित परिवारलाई सुदूरपश्चिम कलाकार समाजले १ लाख भन्दा बढीको राहत सामाग्री प्रदान गरिएको छ । यस्तै बुधबार थलारा र छविसपाथिभेरा गाउँपालिकाका भुकम्प पीडितलाई राहत सामाग्री वितरण गरिने समाजले जनाएको छ । समस्यामा परेका भुकम्प पीडितले राहत पाएपछि सुदूरपश्चिम कलाकार समाजलाई धन्यवाद दिएको छ ।

उनीहरुले सरकारले आफूहरूको व्यवस्थापनमा चासो नदिएको गुनासो समेत गरेका छन ।

 

 

Hohel Kananga
Loading...