टिकटक प्रतिबन्धविरुद्धको रिटमा आजदेखि सुनुवाइ हुँदै 

काठमाडौं : सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा सोमबार सुनुवाइ शुरु हुँदैछ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले दायर गरेको रिटमा आजदेखि सुनुवाइ हुन लागेको हो। टिकटकमा प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा १० वटा रिट निवेदन दायर भएका छन् ।

सामाजिक सद्‌भावमा खलल पुगेको, ​टिकटकबाट हुने अपराध न्यूनीकरणमा ९टिकटक कम्पनीले० सहयोग नगरेको लगायत कारण देखाउँदै गत कात्तिक २७ गतेको मन्त्रिपरिषद्‌ बैठकले यसमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सरकारको यो निर्णयपछि नेपालका अधिकांश इन्टरनेट सेवा प्रदायकले टिकटक नचल्ने बनाइसकेका छन्।

Loading...