बझाङमा राति ९ बजेपछि देउसी भैलो खेल्न नपाइने

बझाङ : बझाङमा राति ९ बजेपछि देउसी भैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालयले तिहारका लागि सूचना निकाल्दै ९ बजेसम्म मात्र देउसी भैलो खेल्न भनेको हो ।

‘चाडपर्व मनाउने क्रममा सद्भाव एवं सौहार्दका साथ मर्यादित भएर मनाउन अनुरोध छ ’ सूचनामा भनिएको छ ।

यस्तै, पटका, आतिसबाजी जस्ता विस्फोटक पदार्थहरूको आयात, ओसारपसार, बिक्री वितरण तथा प्रयोग नगर्न निर्देशन दिइएको छ।

मादक पदार्थको सेवन गरी शान्ति सुरक्षा एवम् सर्वसाधारणलाई असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला गर्ने र झै–झगडा गर्नेलाई कारबाही हुने सहायक प्रमुख जिल्ला अधिकारी सत्य कुमारी जोशीले बताइन्।

 

janahit ma jari sandesh
Masta R.M
Loading...