लडागडा स्वास्थ्य चौकीको फट्याइँ : बिरामीले जुकाको औषधि माग्दा ग्यास्टिकका औषधि दियो

Image

बझाङ : डोटीको दीपायल–सिलगढी नगरपालिका–८ मा रहेको लडागडा स्वास्थ्य चौकीले नागरिकको स्वास्थ्यमाथि गम्भिर खेलवाड गर्ने गरेको खुलासा भएको छ।

बिरामीलाई चेकजाँच नै नगरी चकलेट जस्तै औषधी वितरण गरेको तथ्य गणतन्त्रआवाज डटकमलाई प्राप्त भएको छ। स्वास्थ्य चौकीका एक कर्मचारीले जुकाको औषधी मागेका स्थानीय गणेशबहादुर साउँदलाई ग्यास्टिकको औषधि दिएर पठाएको छ।

कर्मचारी शेरबहादुर कुन्जेडाले जुकाको औषधी सट्टा ग्यास्टिकको औषधि दिएकोसाउँदले बताए। उनीसँगै मानबहादुर र रामबहादुर साउँदलाई दिएको औषधिसमेत त्यस्तै खेलवाड गरेको छ।

केही दिनअघि गर्भवती महिलालाई स्वास्थय चौकी बन्द रहेको भन्दै फर्काएको एक स्थानीयले बताए।स्थानीय गणेश साउँदले स्वास्थ्य चौकीबाट यो भन्दा पहिला पनि यस्ता घटना घटेको बताए। नागरिकको ज्यान नै जोखिममा पर्ने गरी सेवाग्राहीलाई औषधि दिइनु जोखिम रहेको उनको गुनासो छ।

उनले भने, ‘अस्ति गाउँका एक जनालाई झाडापखाला लाग्दा पनि अर्कै औषधि दिइएको थियो। यो सरासर नागरिकको स्वास्थ्यमाथिको खेलबाड हो।’ कहिले स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नभेटिने तथा कुनै दिन कार्यालय समय भन्दा अगाडी नै बन्द समेत हुने गरेको छ।

स्वास्थ्य चौकी व्यवस्थापन समिति अध्यक्ष तथा वडाअध्यक्ष दशरथ बलायरले यस्तो कार्यबाट बाहिर गलत सन्देश गएको बताए। तर सम्बन्धीत कर्मचारीलाई कारवाही गरेनन्।

स्वास्थ्य चौकीका इन्चार्ज नरेश बोहरालाई हामिले पटक पटक फोन सम्पर्क गर्ने प्रयास गर्दा उनको मोबाइल फोन बन्द छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन