भुकम्पबाट भत्किएका घरहरुकाे पुनः निर्माण तिहार लगत्तै गर्छौ : सभामुख भण्डारी

Image

मकरराज धामी,  बझाङ । सुदुरपश्चिम प्रदेशका सभामुख भीम भण्डारीले प्रदेश सरकारले भुकम्पबाट क्षति भएका घरहरुकाे पुुनः निर्माण गरिने बताउनु भएकाे छ । भूकम्प प्रभावित क्षेत्र निरीक्षण तथा अवलोकन गर्न बुंगल नगरपालिका २ गिराैँ आइपुग्नु भएका सभामुख भण्डारीले तिहार पछि पुनः निर्माण प्राधिकरणकाे टाेलीलाई प्रभावित क्षेत्रमा पठाउने बारेमा छलफल भएकाले चाँडै पुनः निर्माणकाे काम सुरु गर्ने गरि प्रदेश सरकारले पहल गरि रहेकाे बताउनुभयाे ।

केही दिन अघि आफुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेरै पुनः निर्माणकाे काम अघि बढाउन ध्यानाकर्षण गराएकाे र प्रधानमन्त्री सकरात्मक रहेकाे उहाँकाे भनाई थियाे ।

आईतबार बुंगल नगरपालिका वडा नं २ का भुकम्प पिडित संगकाे भेटघाटमा सभामुख भण्डारीले आफुले प्रधानमन्त्री संग भेटेरै कुरा गरेकाे र प्रधानमन्त्री बझाङ आउदा पनि आफैले भुकम्पबाट क्षति भएका घरकाे पुनः निर्माण गर्ने घाेषणा गरेकाले क्षति भएका घर लगायतका भाैतिक संरचना पुनः निर्माण हुनेमा विश्वस्त रहेकाे बताउनु भयाे । भेटघाटमा जनप्रतिनिधि संग सभामुख भण्डारीले पुर्वाग्रह नराखी वास्तविक र भुकम्पले पुर्ण क्षति भएका घरलाई मात्रै प्राथमिकता दिन आग्रह समेत गरेका छन ।

यसअघि पनि मुख्यमन्त्री कमल शाहले अवलाेकनका क्रममा प्रदेश सरकारले पिडितहरुकाे माग सम्बाेधन गर्ने बताउनु भएकाे थियाे । तर गिराैका भुकम्प पिडितले भने भत्किएका घर पुनः निर्माण गरिदिन आग्रह गरेका थिए ।

फरक प्रसंगमा सभामुख भण्डारीले बझाङकाे विकासमा प्रदेश सरकार सकरात्मक रहेकाले जनप्रतिनिधिले अग्रसर हुन पनि आग्रह भयाे । अथाहा प्राकृतिक स्राेत भएकाेले बझाङ सुदुरपश्चिम प्रदेशकाे विकासकाे प्रवेशद्वार हुने भएकाले यश विषयमा आफुले पहल गरि रहेकाे समेत बताउनु भयाे ।

दहबगरकाे विकासका लागि नगरपालिकाकाे केन्द्र बिजगडा देखि गिराै सम्मकाे पक्की सडक निर्माणका लागि केही दिनमै टेण्डर प्रक्रियामा जाने तयारी रहेकाे समेत बताउनु भयाे ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन