बझाङ । नेपाली कांग्रेस निकट नेपाल तरुणदलका केन्द्रीय सदस्य विष्णु ऐडीले सहयोग गर्दै इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका बझाङको जयपृथ्वी नगरपालिका–११ भोपुरका गणेश नेपालीको घरको छानो जस्तापाताले छाएका छन् ।
पहिले उहाँको घरको छाना छाएको जस्तापाता पुरानो भएर चुहीने भएको र त्यँही घरपनि असोज १६ गतेको भुकम्पले घर भत्काए पछि उहाँको परिवार बाहीर पाल टाँगेर बस्दै आएको थियो । अहिले दिनानुसदिन चिसो बढ्दै गएकोले पालमुनि बस्दै आएको उहाँको परिवारलाई अप्ठ्यारो भएको भन्दै आफुले मंगलबार घर मर्मत संगै छतमा जस्तापाता लगाई दिएको तरुणदलका केन्द्रीय सदस्य विष्णु ऐडीले बताउनु भयो ।
राहत वितरणमा सरकारी निकाय देखी लिएर सबै व्यक्ति तथा संघ संस्थाले राहतको नाममा खाद्यान्न र त्रिपाल वितरण गरिरहेकोमा नेता ऐडीले भने अहिलेको समयमा खाद्यान्न र त्रिपाल आवस्यक नभएको बताएका छन् । उहाँले खानको लागि सबैको खेतमा धान पाकिसकेको र घर भक्तिएर त्रिपालमुनि बस्दै आएकाहरुले चिसोको कारण त्रिपालमुनि बस्न सकिने अवस्था नरेकोले त्रिपाल र खाद्यान्न भन्दापनि अस्थायी भएपनि घर निर्माण छिटो गर्नुपर्ने बताउनुभयो ।
उहाँले गणेश नेपालीको परिवार बस्ने घरबाट जस्तापाता लगाएर पीडितका टहरा निर्माणगर्नेआफ्नो अभियान सुरु भएको र अव समस्यामा परेका र त्रिपाल मुनी बस्दै आएका विपन्न तथा एकल महिला पहिचानगरी अस्थायी रुपमै भएपनि जस्तापाता लगाएर उहाँहरुले बस्ने टहरा निर्माण गरिदिने बताएका छन् । गत भदौ २५ गते टीकापुर बहुमुखी क्याम्पसमा बिएस्सी एजी पढ्दै गरेका गणेश नेपाली लर्न एन्ड अर्न कार्यक्रमअन्तर्गत इजरायल उडेका थिए।
दुई वर्ष चितवनस्थित प्रेरणा कलेजबाट आइएस्सी गरेका गणेशले टीकापुर बहुमुखी क्याम्पसमा बीएस्सी एजी आठौं सेमेस्टारअन्तर्गत अलैंची खेती टिस्यु कल्चरसम्बन्धी प्रयोगात्मक अध्ययन गर्दै गर्दा उनलाई इजरायल जाने अवसर जुरेको थियो। उहाँको गत गत शनिबार इजरायलमा हमासको आक्रमणमा परि मृत्यु भएको थियो ।