जयपृथ्वी नगरपालिकामा प्रगतिशील युवा समाजले नगरपालिका स्तरीय परियोजना परिचयात्मक कार्यक्रम गरेको छ । प्रगतिशिल युवा समाजकाको आयोजनामा तथा जयपृथ्वी नगरपालिकाको समन्वयमा गरिएको परियोजना परिचयात्मक कार्यक्रममा प्रगतिशिल युवा समाजका अध्यक्ष रमेश केसी सभापति रहनु भएको थियो। कर्यक्रममा जयपृथ्वी नगरपालिकाका मेयर चेतराज बजाल प्रमुख अतिथी हुनुहुन्थ्यो।
कार्यक्रमा प्रगतिशल युवा समाजका ‘कार्यक्रम व्यवस्थापक यज्ञराज जोशीले’ प्रगतीशील युवा समाज र वल्डभिजन इन्टरनेसनल नेपालको साझेदारीमा २०२४ मा संचालन हुने कार्यक्रमको बारेमा जानकारी गराएका थिए । जयपृथ्वी नगरपालिका भित्र सन २०२४मा बाल संरक्षण तथा बाल प्रायोजन परियोजना र समाबेशी तथा गुणस्तरीय शिक्षा परियोजना लागु गरिने भएको छ । जयपृथ्वी नगरपालिकाको वडा नं १,३,५,६,७, ८, र ११ भित्रका २० वटा विद्यालयमा संचालन गरिने यी दुई परियोजनाको लागत बजेट २ करोड ४८ लाख २० हजार ,२ सय २५ अनुमान गरिएको छ ।
परियोजनाको अवधी अक्टोबर २०२३ देखी सेस्टेम्बर २०२४ सम्म रहने बताइएको छ । दुवै परियोजना केदारस्युँ गाउँपालिकाको वडा नं २ ,३ ,५,६,७ र ८मा पनि संचालन गरिने बताइएको छ । कार्यक्रममा बोल्दै नगर प्रमुख चेतराज बजालले संस्थाले विपत लगाएत अन्य शैषिक भौतिक कुराहरुमा नगरपालिकालाई पनि सहज गरिदिएको बताउनुभयो ।कार्यक्रममा सबै वडाका वडाअध्यक्ष, विषयगत शाखाका प्रमुख लगाएत पत्रकारहरूकाे सहभागिता रहेकाे थियाे ।