नेपालमा हाल सम्म काेरोना संक्रमितको संख्या ३७ हजार ३ सय ४० पुग्यो

Image

काठमाडौँ — पछिल्लो २४ घन्टामा शनिबार थप ८ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना पुष्टि हुनेमा २ सय ४२ महिला र ६ सय ४२ जना पुरुष रहेका छन् । मन्त्रालयले शनिबार आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म संक्रमितको संख्या ३७ हजार ३ सय ४० पुगेको जनाए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबारसम्म पीसीआर विधिबाट ६ लाख ६९ हजार ६२६ परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घन्टामा जम्मा ११ हजार ५ सय १६ पीसीआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ८ हजार ३५ जना रहेका छन् । त्यसैगरी सकृय संक्रमितको संख्या १६ हजार ५ सय ७८ जना रहेको छ । कान्तिपुर

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन