केदारस्युँ -८ दुनीधारीका स्थानियले भिरको जोखिमपुर्ण बाटोमा यात्रा गर्नुपर्ने बाध्यता

रमेश बोहरा बझाङ ;  केदारस्युँ गाउँपालिका–८ दुनीधारीका स्थानीयहरूले जोखीम मोलेर भिरको बाटोमा यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । त्यहाँका स्थानिय बालबालिकाहरु विद्यालय तथा स्थानियहरु वडा कार्यालय र ओल्लोपल्लो गाउँ आवतजावत लागि चीरकीट्टे भीरको बाटो हिड्नुपर्ने बध्याता रहिआएको छ ।

केदारस्युँ गाँउपालीका –८ दुनीधारीमा रहेको डाडाँबाघ आधारभुत विद्यालयमा अध्ययन गर्न स–साना विद्यार्थी बालबालिकाहरुले भिरको भीरालो बाटोमा जोखीमपुर्ण यात्रा गर्नुपरेको स्थानिय जयभमन कुमार बोहराले बताउनुभयो । कक्षा ६ देखि १२ सम्म अध्ययन गर्नकोलागि कैलास माध्यामिक बीद्यालय लोतू टुडीखेल जाने त्यहाँका विद्यार्थिहरु ३ घण्टा पैदल र कक्षा २ देखीा ५ सम्म अध्ययनगर्ने बिद्यायार्थीहरुले पनि १ घण्टा पैदल यात्रा गरेर बैलेक आधारभूत बीद्याल पुग्नुपर्ने हुन्छ।

बर्षायाममा भीरकोबाटो चिप्लोहुने भएकाले आवतजावत गर्नझन अप्ठ्यारो हुने गरेको र भीरबाट ढुङगाझर्ने भएकाले यात्रागर्न जोखीम रहेको र कतीपय विद्यार्थीहरुले भने पढाइ छोडेर घरमानै बस्ने गरेको पनि केदारस्युँ गाउँपालिका–८ कि कक्षा ९मा अध्यनरत सिर्जना बोहराको गुनासो रहेकोछ । बाटो मर्मत तथा निर्माणको लागि स्थानिले वडा कार्यालय तथा पालिकामा बेलाबेलामा माग गरेको भएपनि अहिले सम्म कुनैपनि निकायबाट सुनुवाई नभएको बताइएकोछ । चुनावको बेलामा विभिन्न दलका नेताहरुले आएर आसवासन दिने गरेको भएपनि जितर गएपछि कसैले पनि चासो नदिएको स्थानियको गुनासो रहेको छ ।

Hohel Kananga
Loading...