बुंगल नगरपालिकामा २ दिन जनरल स्वास्थ्य शिविर संचालन हुने

बझाङको बुंगल नगरपालिकामा २ दिने जनरल स्वास्थ्य शिविर संचालन हुने भएको छ। बुंगल नगरपालिकाको समन्वयमा असोज २७ र २८ गते सरस्वती माध्यमिक विद्यालय बिजगडामा जनरल स्वास्थ्य शिविर संचालन गर्न लागिएको बुंगल नगरपालिकाका स्वास्थ्य शाखा संयोजक नरेश कुवरले बताउनुभयो ।

भुकम्प प्रभावित ठाउँहरुका विरामी तथा घाईतेहरुकाको उपचारका लागी भन्दै बझाङ आएको स्वास्थ्य मन्त्रालयको टोलीले शिविरमा सहभागीहुने सम्पुर्ण विरामीहरुलाई निशुल्क सेवा दिने उहाँले बताउनुभयो ।

बुंगल नगरपालिकाको सरस्वती माध्यमिक विद्यालय बिजगडामा संचालन हुने उक्त स्वास्थ्य शिविरमा सामान्यतया सबै किसिमका विरामीको उपचार हुने भएकाले सबै नागरिकलाई सेवालिन समेत नगरपालिकाले आग्रह गरेको छ ।

Bungal Purai
Bithadchir 2
Loading...