बझाङ । राष्ट्रिय स्वतन्त्र पार्टी नेपाल सम्पर्क विभाग मलेसिया समिती द्धारा बझाङका ‘भुकम्प’ पीडीतलाई राहत वितरण गरिएकोे छ । बझाङमा असोज १६ गते आएको विनासकारी भुकम्पबाट घर भत्किएर क्षेती भएकाहरुलाई राहत वितरण गर्नको लागि राष्ट्रिय स्वतन्त्र पार्टी प्रवास नेपाल सम्पर्क विभाग मलेसियाले आर्थिक संकल गरी नेपाल पठाएको र राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला कमिटी सचिव सत्यराज उपाध्यायको नेत्रृत्वमा जिल्ला कार्यसमिती मार्फत जयपृथ्वी नगरपालिका भित्रका ‘भुकम्प’ पीडीतलाई राहत वितरण गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी नेपाल सम्पर्क विभाग मलेसियाका सदस्य कपिल बोहराले बताउनुभयो ।
त्यस्तै थप राहत खरीद गरेर केहीदिन भित्रै दुर्गाथली गाउँपालिका र बुंगल नगरपालिकाका भुकम्प पीडितहरुलाई पनि राहत सहयोग गरिने उहाँले बताउनुभयाे । नेपाल घरभई हाल मलेसिया कर्मभुमी बनाई रहेका राष्ट्रिय स्वतन्त्र पार्टी समर्थक युवाहरुले खुल्ला आकासमुनी बसिरहेका पीडितहरुलाई थोरै भएपनि राहत मिलोस भन्नका लागि आफुहरुले ६१ हजार आर्थिक संकलन गरेर राहत सामाग्री खरिद गरि सहयोग गर्नको लागी नेपाल पठाएकाे हो ।