बझाङ । बझाङको बुंगल नगरपालिकामा संचालन गरिएको शिविरबाट ४० जनाले सेवा लिएका छन् । आज शनिबार युएमएनको आर्थिक सहयोग दलित सहयोग समाज र बुङ्गल नगरपालिकाको समन्वयमा सम्पन्न भएको मानसिक रोग सम्बन्धि स्वास्थ्य शिविरबाट ४० जनाले मानसिक स्वास्थ्य परिक्षण गराइ सेवा लिएको दलित सहयोग समाजकि सहजकर्ता हर्का पातलीले जानकारी दिनुभयो ।
शनिबार मानसिक स्वास्थ्य परियोजना अन्तर्गत बुंगल नगरपालिका -१ दहबगर स्वास्थ्य चौकी र खिरातडी स्वास्थ्य चौकी आएर स्वास्थ्य परिक्षण गराएका बिरामीहरुको स्वास्थ्य चेकजाँच गरी उपचार र परामर्श सेवा दिएको उहाँले बताउनुभयो । दुबै ठाउँमा सम्पन्न भएको शिविरमा जसमा २२ जना पुरुष र १८ जना महिला गरि ४० जनाले सेवा लिनुभएको हो ।
यसअघि शुक्रबार थलारा गाउँपालिकामा सम्पन्न भएको शिविरबाट ६९ जनाले सेवालिएका थिए ।उनिहरुलाइ काठमाडौं वीर अस्पतालमा कार्यरत डा रितेश राउत र भेरी अस्पतालमा कार्यरत डा प्रदिप रेग्मीले स्वास्थ्य चेकजाँच , उपचार गरि परामर्श दिनुभएको थियो।
शिविरबाट दुवै पालिकाका एक सय नौ जनाले घरआगनमै निशुल्क स्वास्थ्य सेवा लिएका हुन् । स्वास्थ्य सेवा लिन पाउँदा खुशी भएको सेवाग्राहीहरुले बताउनुभयो ।