मुख्यमन्त्री शाहसहितको टोलीले भुकम्पले पुर्‍याएको क्षेतिको अवलोकन गर्दागर्दै भुकम्प आए पछि..

Image

बझाङ । सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह सहितको टोलीले भुकम्प प्रभावित क्षेत्रमा क्षेतिको अवलोकन गर्दागर्दै भुकम्प आएपछि मुख्यमन्त्री शाह सहितको टोली हतोत्साहित भएको छ ।

बिहीबार देखि सुदूरपश्चमका मुख्यमन्त्री शाह गत मङ्गलवार गएको भूकम्पले पुर्‍याएको क्षेतीको अवलोकन र पिडितलाई सान्तोना दिनको लागि बझाङमा हुनुहुन्छ । विभिन्न भुकम्प प्रभावित क्षत्रको अवलोकन गरिरहनु भएका मुख्यमन्त्री शाह आज पनि बुंगल नगरपालिका वडा नं २ गिरौँमा स्थानिय कलक धामीको घरमा भुकम्पले पुर्‍याएको क्षेतीको अवलोकन गरिरहनु भएको थियो । उहाँले  धामीको घरमा अवलोकन गरिरहेका बेला मष्टा गाउँपालिकाको भातेखोला केन्द्रबिन्दु भएर विहान ११ बजेर ४५ मिनेटमा ५ दशमलव ३ रेक्टर स्केलको भुकम्प गएको हाे ।

सोही बेला भुकम्प गएपछि मुख्यमन्त्री सहितको टोली र  स्थानियनै हतोत्साहित भएका हुन् । भुकम्प पछि केहिबेर अलमल परेका मुख्यमन्त्री शाहले पछि भने सबैलाई धैर्य गर्न र सुरक्षित रहन आग्रह गर्नुभयो । उहाँले भुकम्पको जोखिम अझै पनि काएमै रहेकाले सबैलाई सावधानि रहन अनुरोध गर्दै राहत लगाएको क्षेतीपुर्तीका बारेका पनि सरकारले निर्णय गरिसकेको र आफुले पनि प्रक्रिया अनुसार स्थानिय सरकार मार्फत राहत तथा क्षेतीपुर्तीको व्यवस्थापन गर्ने आसवासन दिनुभयो । उहाँले भुकम्प जानुभन्दा अगाडी नै विद्यालय ,वडा कार्यालय भवन लगाएत अन्य ठाउँहरुको अवलोकन गरिसकेका थिए । त्यसपछि भने उहाँ त्यति बेलानै त्यहाँबाट धनगडीका लागि हिडेको बताइएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन