बझाङको दुर्गाथलीका भुकम्प पीडित परिवारलाई राष्ट्रीय युवा संघ द्धारा राहत वितरण

Image

बझाङ । बझाङका भूकम्प पीडितलाई नेकपा एमाले सम्बद्ध राष्ट्रिय युवा संघ नेपालले राहत उपलब्ध गराएको छ । राष्ट्रिय युवा संघ केन्द्रीय सदस्य तथा बझाङका निवर्तमान इन्चार्ज लोकेश सिंहको नेत्रृत्वमा जिल्ला अध्यक्ष संसार खड्का, नरेश सिंह, आकाश जेठारा,महेश जोशी लगाएतका युवाहरूले दुर्गाथली गाउँपालिकाका भुकम्प पीडितलाई राहत उपलब्ध गराएका हुन् ।

पूर्ण रुपमा घरमा क्षति भएर खान तथा बस्नका लागि समस्यामा परेका स्थानिय सुकिदेवी थापा , पुस्कल थापा , जानकि देबि थापा ,गोपल बिष्ट ,पुर्णबहादुर बिष्ट, कैल्यादेवि बिष्ट, सत्यराज जोशी , गोला चनारा , राजेश भण्डारी , छवि ओली ,देवकि देवि ओली लगाएको परिवार संगै महालिङ्ग आधारभूत बिध्यालय र मदन भण्डारी बालआश्रम लाई पनि सहयोग गरेको राष्ट्रीय युवा संघले जनाएको छ ।

बुधबार सदरमुकाम चैनपुरमा रहेका पीडित परिवारलाई १ लाख ८० हजार बराबरका राहत सामाग्री प्रदान गरिएको राष्ट्रिय युवा संघले शुक्रबार दुर्गाथलीमा ६० हजार बराबारको चामल ,त्रिपाल , साबुन , तेल , चाउचाउ र बिस्कुट लगाएतका रहात सामाग्री वितरण गरेको छ ।जसमा युवा स‌ंघको पहलमा हाल बेलाएत बस्दै आएका बाजुरेली युवा बिरन बहादुर रोकायाले उपलब्ध गराएकाे २५ हजारको सामाग्री पनि वितरण गरीएको छ । भूकम्पले घरमा क्षति पुर्‍याएर समस्यामा रहेकाहरुले तत्कालको लागि राहत पाएपछि राष्ट्रिय युवा संघलाई धन्यवाद दिएका थिए । उनीहरुले सरकारले आफूहरूको व्यवस्थापनमा चासो नदिएको गुनासो समेत गरेका छन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन