बझाङ ; बझाङका भुकम्प पीडित परिवारलाई नेकपा एमाले निकट राष्ट्रीय युवा संघ नेपालका नेता लोकेन्द्र बहादुर सिंह (लोकेश)को नेतृत्वमा राहत वितरण गरिएको छ । राज्यले राहत प्रदान नगरेको अवस्थामा युवा संघ नेपालका नेताहरुले भने बझाङ जिल्ला सदरमुकाम आसपासमा रहेका १ सय भन्दाबढी भुकम्प पीडित परिवारलाई राहत सामाग्री वितरण गरेको हो ।
मंगलबार आएको भुकम्पका कारण घरमा पुर्ण रुपामा क्षेती भएर खान तथा बस्नका लागि समस्या भएका १ सय भन्दा बढी पीडित त परिवारलाई बुधबार राष्ट्रीय युवा संघ नेपालका नेता एवं केन्द्रीय सदस्य लोकेन्द्र बहादुर सिंहको नेतृत्वमा राहत सामाग्री प्रदान गरिएको युवा संघ नेपालका नेता प्रसान्त भण्डारीले बताउनुभयो।
मंगलबार ३ बजेर ६ मिनेटमा आएको ६.३ म्याग्निच्यूडको विनाशकारी भुकम्पबाट जिल्लाको जयपृथ्वी नगरपालिकाका क्षेत्र भित्रका दर्जनौं घरहरुमा क्षति पुगेको थियो । उक्त विनाशकारी भुकम्पबाट प्रभावित भएका पीडितलाई सिंहको नेतृत्वमा ७० बोरा चामल, ५० वटा त्रिपाल, ५० वटा फिना, लगाएतका १ लाख ८० हजार बराबरको राहत सामाग्री प्रदान गरिएको छ ।
राहत सामाग्री पाएपछि त्यहाँका पीडित परिवार खुशी भएकका छन् । भुकम्प बाट क्षेती भएका घरपरिवारको घर आगनमै आएर राहत वितरण गर्न पाउँदा खुसी भएको र थोरै भएपनि पिडितका लागि राहत हुने विश्वास गरेको राष्ट्रीय युवा संघ नेता लोकेन्द्र बहादुर सिंहले बताउनुभयो ।
यसैगरी राहत वितरणमा युवा संघका संसार खड्का ,नरेश सिंह आकास जेठारा लगाएत युवा संघ नेपालका युवाहरुले सहयोग गरेका छन् । रातभरी खुल्ला आकास मुनि बस्न बाध्य भुकम्प पिडितहरुले भने खाद्यान्न लगाएतका केही राहत सामाग्रीहरु पाउँदा थोरै भएपनि रहात भएको पीडित ललित विकले बताउनुभयो । स्थानिय देवला बिक, निर्मला बिक लगाएतका भुकम्प पिडितहरुले राहात संगसंगै पुर्नबासको लागि पनि विभिन्न निकाए संग माग गरेका छन् ।