बझाङमा भिरबाट हाम फालेर एक जनाकाे  मृत्यु

बझाङमा भिरबाट हाम फालेर एक पुरुषको ज्यान गएको छ । सदरमुकाम चैनपुर नजीकै रहेको  सेलाकाट्याको भिरबाट हाम फालेर जयपृथ्बी नगरपालिका वडा न ३ पडेस घर भएकाका अन्दाजी ५० बर्षिया रामचन्द्र रोकायाको  मृत्यु भयको हो ।

बुधबार हाम फालेर उनको घटना स्थलमै मृत्यु भएको र अहीले  मृतकको शवलाई पोष्टर्माटमको लागि जिल्ला अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । घटनाको कारण  भने खुल्न नसकेको र थप अनुसन्धान भइरहेको छ ।

Loading...