जयपृथ्वी नगरपालिकाले निःशुल्क एमबीबीएस पढाउँदै

Image

बझाङको जयपृथ्वी नगरपालिकाले निःशुल्क एमबीबीएस पढाउँदै जयपृथ्वी नगरपालिकाले पालिकाका स्थानीय विद्यार्थीलाई निःशुल्क एमबीबीएस पढाइरहेको छ।

नगरपालिकाले पालिकाका दुईजना विद्यार्थीलाई निःशुल्क एमबीबीएस पढाएको हो। गत वर्ष १ जना र चालू आर्थिक वर्षमा १ जना गरी दुई जनालाई निःशुल्क अध्यापन गराइरहेको नगरपालिकाका शिक्षा शाखा प्रमुख निरजप्रसाद रेग्मीले बताए। ‘गत वर्ष विपन्न परिवारबाट छात्रलाई एमबीबीएस पढाइएको थियो। यो वर्ष छात्रालाई एमबीबीएस पढाएका छौँ,’ उनले भने। एमबीबीएसको पढाइ पूरा गरिसकेपछि भने नगरपालिकाको लागि ३ वर्ष अनिवार्य काम गर्नुपर्ने सम्झौता गराएर निःशुल्क पढाइएको उनले जानकारी दिए।

नगरपालिकाले गत वर्षदेखि प्रत्येक वर्ष एक जनाका दरले विद्यार्थीलाई निःशुल्क एमबीबीएस पढाइरहेको छ। पालिकाको सहयोग पाएका विद्यार्थीले नेपालभित्रका जुनसुकै शैक्षिक संस्थाबाट एमबीबीएस अध्ययन गर्न सक्ने शिक्षा शाखा प्रमुख रेग्मीले जानकारी दिए।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन