बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु

Image
फाइल तस्विर

बझाङः  बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको बित्थडचिर गाउँपालिका–९ उडीकी ४५ वर्षीया गौमतीदेवी बोहराको शनिबार खर काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको बित्थडचिर गाउँपालिका–९ का वडा अध्यक्ष हरिचन्द्र जोशीले बताए।

खर काट्न गएकी बोहरा आज  बिहान ६ बजेतिर भिरबाट लडेकी थिइन्। भिरबाट लडेकी उनको घटनास्थलमै मृत्यु भएको उनका आफन्तले जानकारी दिएका छन्। बोहरा भिरबाट अन्दाजी ४ सय मिटर तल खसेकि थिइन्।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन