रमेश बोहरा ,बझाङ। जिल्लाको बुंगल नगरपालिकामा अन्तरपालिका स्तरीय महिला तथा पुरुष भलिवल प्रतियोगीता संचालन गरिने भएको छ । बुङ्गल खेलकुद विकास समितीको आयोजना दशै तथा शुभदिपावलीको अवसरमा बझाङ जिल्ला अन्तरगत पालिका स्तरीय महिला तथा पुरुष खुल्ला भलिवल प्रतियोगीता आयोजना गरीएको बुङ्गल खेलकुद विकास समितीका अध्यक्ष जय बहादुर ताम्राकारले जानकारी दिनुभयो ।
उहाँका अनुसार आउदो कार्तिक २० गते बुंगल नगरपालिकामा ४ मा स्थित सरस्वती माध्यामिक बिद्यालयको प्राङ्गणमा प्रतियोगिता संचालन हुनेभएको छ । उक्त प्रतियोगितामा पुरुष भलिवल तर्फ प्रथम हुने समुहले प्रथम पुस्कार रु.१,००००० (एक लाख) सहित कप मेडल प्रमाण पत्र, द्धितृय पुरस्कार रु.६०,००० (साठी हजार), तृतीय पुरस्कार रु.४०,००० (चालिश हजार),र सान्तवना पुरस्कार रु. १५,००० हजार प्राप्त गर्नेभएका छन् ।
त्यस्तै महिला भलिवल तर्फ प्रथम पुरस्कार रु.५०,००० (पचास हजार सहित कप मेडल प्रमाण पत्र), द्धितृय पुरस्कार रु.३०,००० (तिस हजार), तृतीय पुरस्कार रु.२०,००० (बिस हजार), र सान्तवना पुरस्कार रु. १०,००० (दश हजार) रहेको एक सुचना मार्फत जानकारी गराइएकोे छ । पुरुष भलिवल तर्फ टिम दता शुल्ल १०,००० (दश हजार) र महिला भलिवल तर्फ रु.५०००(पाँच हजार) तोकीएको छ । महिला पुरुष भलिवल खेलाडीहरुले अनिवार्यरुपमा खेलाडीको ड्रेसमा उपस्थित हुन र खेलाडीहरुको अनिवार्यरुपमा नागरिकता तथा जन्मदर्ताको प्रतिलीपी लिएर आउनुपर्ने समेत आयोजकले जनाएको छ ।