तल्कोटको खौला बजारमा भीषण आगलागी हुदा पाँच पसल जलेर नष्ट

बझाङ । बझाङको तल्कोट गाउँपालिका – ५ खौला बजारमा आगलागि हुँदा २ घरमा रहेका पाँच पसलमा क्षेती भएका छ । उत्तम चँदाराको मोबाइल ग्यालरीबाट ग्याँस पड्केर लागेको आगलागिबाट ५ ओटा पसलको अरबौको नोक्सानी भएको हो ।
तल्कोट गाउँपालिका अध्यक्ष कलक रोकायाका अनुसार दिउँसो करिब २ः३० बाट सुरु भएको आगलागी ३;४५ सम्म नियन्त्रणमा ल्याउने प्रयास भइरहेको छ ।आगलागीबाट २ वटा पक्की घरमा व्यवसाय गरिरहेका पाँच जना व्यवसायीका पसलहरु सामान सहित जलेका छन् ।

आगलागीबाट पदम भण्डारीको पसल, एक सुनचाँदी पसल, एक हातेहोजीयारी, मिनबहादुर भोटेको पसल र अञ्जली सिंहको पक्की घरसहित पसल नस्ट भएको तल्कोट गाउँपालिका अध्यक्ष रोकायाले बताउनुभयो ।

उहाँका अनुसार अझैं क्षतिको यकिन विवरण आउन बाँकी छ । आगो नियन्त्रण गर्न स्थानीय र प्रहरी प्रयासरत रहेका छन् ।

Loading...