जिल्ला अस्पतालमा सञ्चालन भइरहेको आँखा शिविरमा दुईदिनमा ५ सय ७९ जनाले सेवा लिए

बझाङ । नेपाल नेत्रज्योति संघ गेटा आँखा अस्पताल, स्वास्थ्य कार्यालय बझाङ र बित्थडचिर गाँउपालिकाको आयोजनामा जिल्ला अस्पतालमा सञ्चालन भइरहेको शिविरमा आइतबार र साेमबार ५ सय ७९ जनाले सेवा लिएका छन् ।

पुरानो जिल्ला अस्पतालको भवनमा सञ्चालन भइरहेको शिविरमा ९५ जनाको आँखाको अप्रेसन गरिएको छ भने बाँकी ४ सय ८५ जनाको सामान्य चेकजाँच गरिएको हो ।

शिविर आज अन्तिम दिन जिल्ला अस्पतालमा चल्नेछ भने बझाङ्गदीप क्याम्पसमा झोतामा यही असोज ११ देखि १३ गतेसम्म चल्ने गेटा आँखा अस्पताल सिमखेत शाखाका इन्चार्ज सगुन तामाङले बताउनुभयो ।

उहाँका अनुसार यसअघि वित्थडचिर गाउँपालिकाको देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालन भएको शिविरमा २ सय ५५ जनाले सेवा लिएका छन् । जसमा ३६ जनाको मोतिविन्दुको अपे्रशन गरीएकोमा १ सय ५५ जनालाई निःशुल्क चस्मा र औषधि समेत बितरण गरिएको थियो ।

janahit ma jari sandesh
Masta R.M
Loading...