जिल्ला अस्पताल बझाङमा एकदिन नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टरले सेवा दिने

Image
जिल्ला अस्पताल बझाङ

बझाङ । जिल्ला अस्पताल बझाङमा एकदिका लागि नशा तथा मानसिक रोग विशेषज्ञ आउने आउने भएका छन् ।

जिल्ला अस्पताल बझाङमा यहि असोज ११ गते बिहिवार एक दिनको लागि नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टरले सेवा दिने भएकाले निन्द्रा राम्रो नपर्ने खानामा रुची घट्दै जाने, दुब्लाउँदै जाने , मुटु ढुकढुक हुने, डर लाग्ने जस्तो हुने हात गोडा झमझमाउने, शरीरमा बल जाँगर फिटिक्कै नलाग्ने, दिक्दार लाग्ने, जिन्दगी बेकार लाग्दै आउने, रुन मन लाग्ने र धेरै लामो समयसम्म टाउको दुखेको र ठिक नभएको लक्षणहरु भएका विरामीहरुको उपचार गरीने जिल्ला अस्पताल बझाङले जनाएको छ ।

साथै बारम्बार बेहोस हुने, छारे, मृगी रोग सम्बन्धी समस्या भएका विरामी अत्यधिक रक्सी, जाँड तथा अन्य लागुपदार्थ सेवन छुटाउन नसक्ने’ ठूला कुरा गर्ने, नबुझिने कुरा गर्ने, शंकालु ठूलो उमेरसम्म पनि ओछ्यानमा पिसाव गर्नेहरुको पनि उपचार गरी परामर्श दिईने जिल्ला अस्पतालका डाक्टर नवराज जोशीले जनकारी दिनुभयो । उक्त समस्या भएका बिरामीहरुले असोज ११ गते अस्पतालमा आइ उपचार गराइ लाभ लिन पनि जिल्ला अस्पतालले हुन अनुरोध छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन