बझाङका गाउँगाउँमा भाइरल ज्वरोको प्रकोप बढ्दै

Image

बझाङ ; बझाङका गाउँगाउँमा भाइरल ज्वरोको प्रकोप बढेको छ । जिल्लाका सबै जसो स्थानमा भाइरल ज्वरोका बिरामी बढेका स्वास्थ्यकर्मीहरुले बताएका छन् । मौसममा आएको परिवर्तनसंगै भाइरल ज्वरोका बिरामी बढेका जिल्ला अस्पताल बझाङमा कार्यरत डाक्टर विजय उपाध्यायले बताएउनुभयो । जिल्ला अस्पतालमा उपचारका लागि आउने बिरामी मध्ये सबैभन्दा बढी भाइरल ज्वरोका बिरामी रहेका उहाँको भनाई छ । उहाँले भन्नसभयो ‘अहिले अस्पतालमा आउने बिरामीमध्ये सबैभन्दा बढी भाइरल ज्वरोका छन् । त्यसपछि टाइफाइड, श्वासप्रश्वास लगायतको समस्या भएका बिरामी पनि आउने गरेका छन् ।’

मौसममा आएको परिवर्तनसंगै गाउँगाउँमा भाइरल ज्वरोको प्रकोप फैलिएको खप्तडछान्ना गाउँपालिकास्थित पसलबगर स्वास्थ्य चौकिका सिनियर हेल्थ असिस्टेन्ट अर्जुन बहादुर थापाले बताउनुभयो । स्वास्थ्य चौकिमा हिजोआज दैनिक ४० जना भन्दा बढी भाइरल ज्वरोका बिरामी आउने गरेका उहाँले बताउनुभयो । स्वास्थ्य संस्थामा आउने धेरै जसो बिरामी मध्ये भाइरल ज्वरोका बिरामी धेरै आउने गरेको उहाँले बताउनुभयो ।

अहिले स्वास्थ्य संस्थामा आउने बिरामी मध्ये अधिकांशमा भाइरल ज्वरो देखिएको छ । गाउँगाउँमा भाइरल ज्वरोको प्रकोप छ उहाँले भन्नुभयो । मौसम परिवर्तनका साथसाथै अस्वस्थकर खानपीनले पनि भाइरल ज्वरोको संक्रमण बढेको थापाको भनाइ छ ।
ज्वरोका बिरामीहरुले नजिकै स्वास्थ्य संस्थामा चेकजाँच गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । ज्वरोका बिरामीह?मा अन्य संक्रमण पनि हुन सक्ने भएकाले स्वास्थ्य संस्थामा जाँच गराउनुपर्ने उहाँले बताउनुभयो । पछिल्लो समयमा जिल्लामा भाइरल ज्वरो मात्रै नभएर टाइफाइड, स्क्रब टाइफस, डेंगु लगायतका बिरामीह? पनि फेला परीरहेका जिल्ला अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डा. नवराजल जोशीले बताउनुभयो । ज्वरोका बिरामीह?ले स्वास्थ्य संस्थामा चेकजाँच गराएर मात्रै औषधि सेवन गर्नुपर्ने डा.जोशीले बताउनुभयो । ज्वरोका बिरामीहरुले मेडिकलह?बाट आफूखुसी औषधि किनेर प्रयोग गर्ने भएकाले यसले समस्या बल्झिन सक्ने उहाँको भनाई छ । जथाभावी औषधिको प्रयोगले मानवको स्वास्थ्यमा गम्भीर समस्या निम्त्याउने भएकाले स्वास्थ्य संस्थामा चेकजाँच गराउनुपर्नेमा उहाँले जोड दिनुभयो । भाइरल ज्वरो लगायतका प्रकोपकबाट बच्नका लागि शुद्धीकरण गरिएको पानी मात्रै प्रयोग गर्नुपर्ने स्वास्थ्यकर्मिहरुको सुझाव छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन