बझाङमा जैलुका हत्या आरोपी बिजुली तीन दिनपछि पक्राउ

Image

बझाङ ।  बझाङको छबिसपाथिभेरा ७ घट्टेका हत्या आरोपी सोमबार आज तीन दिनपछि पक्राउ परेका छन् । शुक्रबार साँझ ७ ; ३० बजे आफ्नै गाउँका दाई नातापर्ने जैलु मण्डेललाई खुकुरी प्रहार गरेर हत्या गरि फरार भएका बिजुली मण्डेल घट्टे गाउँमाथिको एक घरबाट स्थानीयले घेरा हाली आज बिहान करिब  ६ः३० बजे पक्राउ गरेका हुन् ।

स्थानीय लक्षिमन मण्डेलको घरमा आएका बेला स्थानीयले उनलाई समातेर बिसौना प्रहरीलाई बुझाएको स्थानीय मिनबहादुर मण्डेलले बताए । प्रहरीका अनुसार सामान्य बोलचाल हुँदा बिजुलीले जैलुको घर आगनमै गएर हत्या गरि फरार भएका थिए । सोही दिनदेखि प्रहरी र स्थानीय उनको खोजीमा थिए । आज बिहान छोरालाई फोन गरेका आधारमा स्थानीयले बिजुलीलाई पछ्याएका थिए ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन