ज्यावन विकास युवा क्लवले हाजिरी जवाफ र देउडा प्रतियोगिता गर्दै

Image
फाईल तस्विर

बझाङ । बझाङको बुंगल नगरपालिका २ गिरौँमा रहेको ज्यावन विकास युवा क्लवले हाजिरी जवाफ प्रतियोगिता र देउडा प्रतियोगिता आयोजनामा गर्ने भएको छ।

युवा क्लवले यहि असोज ११ गतेका दिन चतुुर्दशी मेलाको अवसरमा साविकको दहबगर गाविस स्तरीय निमावि र प्रावि हाजिरी जवाफ प्रतियोगिता र खुल्ला महिला पुरुष देउडा प्रतियोगिताका आयोजना गरेको छ । साथै कार्यक्रममा ‘‘ हाम्रो संस्कृति हाम्रो पहिचान ,समाज परिवर्तनमा युवा अभियान भन्ने मुल नाराका साथ विभिन्न स्थानिय कला संस्कृती झल्काउने ( नाटक ,छलिया, गित गजल मुक्तक नृत्य ) मनोरन्जात्मक कार्यक्रमहरु पनि समावेश गरीने ज्यावन विकास युवा क्लवका अध्यक्ष राम बहादुर धामीले बताउनु भयो ।

कार्यक्रम बुंगल नगरपालिका २ स्थित चन्द्र माध्यामिक विद्यालय गिरौँमा असोज ११ गते बिहान १० बजे बाट शुरुहुने आयोजकले जनाएको छ । कार्यक्रममा सहभागिता जनाएर निमावि र प्रावि हाजिरी जवाफ प्रतियोगितामा भाग लिएर प्रथम स्थान हासिल गर्ने टीमलाई ३ हजार नगत सहित मेडल,प्रमाण पत्रका साथै शैक्षिक सामाग्री पुरस्कार प्रदान गरिनेछ ।

दोस्रोहुने टीमलाई २ हजार नगत सहित मेडल,प्रमाण पत्रका साथै शैक्षिक सामाग्री तृतिय हसने टीमलाई १ हजार ५ सय नगत सहित मेडल,प्रमाण पत्रका साथै शैक्षिक सामाग्री र सान्तोना हुने टीमलाई ५०० नगत सहित मेडल,प्रमाण पत्रका साथै शैक्षिक सामाग्री प्रदान गरिने भएको छ ।

साथै देउडा प्रतियोगिताका लागि प्रथम पुरस्कार ७ हजार ,द्धितीय पुरस्कार ४ हजार तृतीइ पुरस्कार नगत २ हजार र सान्तोना पुरस्कार रु ५०० राखिएको छ । भने सहभागि टीमका लागि टीम दर्ता शुल्क रु ५०० राखिएको छ । आयोजकले एक सुचना जारी गर्दैसबैलाई कार्यक्रममा सहभागी हुन पनि अनुरोध गरेको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन