नगर शिक्षा समितिलाई जानकारी नदिइ श्रोत व्यक्तिले दिए शिक्षक नियुक्तिको अख्तियारी

Image

बझाङ । जिल्लाको बुंगल नगरपालिका शिक्षा शाखाका स्रोत व्यक्ति धनकृष्ण रेक्मीले नगर शिक्षा समितिलाई जानकारी नदिइ एक विद्यालयलाई शिक्षक भर्ना गर्नको लागि अख्तियारी दिएका छन ।

बुंगल नगरपालिका–०३ मा रहेको रत्न माध्यामिक विद्यालय खोल्लेकलाई शिक्षक भर्ना गर्नकोलागि अख्तियारी दिएका हुन । स्रोत व्यक्ति रेक्मीले नगरपालिकाका शिक्षा शाखा प्रमुख देवराज जोशीलाई कुनैपनि जानकारी नदिई तथा नगरपालिकाले दरबन्दी सृजना नगरी , नगर शिक्षा समितीमा र नगरकार्यपालिकामा कुनैपनि छलफल तथा निर्णयनै नगरी उक्त विद्यालयलाई कक्षा ११ मा अंग्रेजी विषयको शिक्षक नियमा अनुसार भर्ना गर्नको लागि र कक्षा ९ र १० मा गणित विज्ञान विषयको शिक्षक दैनिक ज्यालादारीमा भर्ना गर्नको लागि भन्दै अख्तियारी दिइएको हो ।

नगरपालिकाले नगरकोटामा शिक्षक तथा कर्मचारी राख्न दरबन्दी श्रृजना गर्नू पर्ने व्यवस्था छ । तर नगरपालिकाले भने दरबन्दी श्रृजना नगरी नगर सभा बाट अनुदानको रुपमा बजेट विनियोजन गरेको जनाएको छ । नगरपालिकाको बजेट किताब भने अझै सार्वजनिक भएको छैन ।  नगर साभाबाट बजेट पास गराएर पछि   विव्यसले  शिक्षक भर्ना गर्नको लागि माघ गरेपछि शिक्षा समितीले निर्णय गरी शिक्षा खाशाले विद्यालयलाइ अख्तियारी दिने व्यवस्था रहको भएपनि पत्र लेख्ने जिम्वारी नै नभएको व्यक्तिले अनावश्यक अनाधिकृत पत्र  लेखेर विद्यालयलाई दिएको आराेप लागेको छ ।

यस विषयमा बुंगल नगरपालिका शिक्षा शाखाका स्रोत व्यक्ति धनकृष्ण रेक्मीले भने निर्णय नभएको भएपनि विद्यालय व्यवस्थापन समितिले शिक्षक छिटो चाहियो भन्दै नगरपालिकामा पत्र पठाएको र नगर प्रमुख जय बहादुर धामीले पनि शिक्षक भर्नाको लागि विद्यालयलाई अख्तियारी दिन भनेपछि आफुले पत्र लेखेर पठाएको बताउनु भयो । उहाँले नगरकार्यपालिकामा र शिक्षा शाखामा निर्णय पछि गर्ने पनि बताउनु भयो ।

यस विषययमा नगरप्रमुख धामीले भने नगरपालिकाले बजेटको व्यवस्था गर्ने , कार्यपालिकामा निर्णय गर्नु नपर्ने र शिक्षा शाखाले आफ्नो अधिकार प्रयोग गरेर बिद्यालयलाई शिक्षक भर्नाको लागि अख्तियारी दिएको बताएका छन् । उहाँले याे विषय नियमा अनुसार नै भएकाे काेही कसैले भ्रममा नपर्न अनुराेध गरेका छन् ।

प्रतिक्रिया जनाउनुहाेस्