बुंगलको रत्न माविका शिक्षक ‘मल्ल सरकाे’ भाइरल भिडियो हेर्नु भयो ?

बझाङ । बुंगल नगरपालिकामा रहेको रत्न माध्यमिक विद्यालयका मावि राहत शिक्षक इन्द्रबहादुर मल्लको मदिरा सेवन गरेर शिक्षक आन्दोलनमा गएको भिडिओ सामाजिक सञ्चालमा भाइरल भएको छ ।
केदारस्यूँ गाउँपालिका–४ स्थायी ठेगाना भएका शिक्षक मल्ल काठमाडौँको गोंगबु बसपार्क नजिकै सडक पेटीमा मदिराले सेवन गरी शिक्षक पोसाकमै तथानाम बोल्दै गरेका भेटिएका हुन् । शिक्षक महासंघले गरेको आन्दोलनमा सहभागी हुन बझाङबाट काठमाडौं पुगेका मल्लले भिडियोमा सरकारसँग शिक्षकको माग मात्रै नभई डिमाण्ड भएको बताइरहेका छन् ।
घाँटीमा शिक्षक परिचयपत्र भिरेका मल्ल हातमा सुर्ती माड्दै पसलेहरूसँग कुरा गरिरहेको सुनिन्छ । शिक्षा विधेयकविरूद्ध आज पनि शिक्षकहरूले नयाँ बानेश्वरमा आन्दोलन गरेका छन् । माइतीघरमण्डला हुँदै बानेश्वरसम्म शिक्षकहरूले आन्दोलन गरेका हुन् ।
भिडियो हेर्न लिंकमा ल्किक गर्नुहोस् ।
Loading...