तीन किलो बढी चरेश सहित बझाङका एक जना डडेल्धुराबाट पक्राउ

Image

बझाङ : बझाङको बुंगल नगरपालिकाका एक जना लागुऔँषध  चरेस सहित डडेल्धुराबाट पक्राउ परेका छन् । बुंगल नगरपालिका वडा नं ११      बस्ने ३५ बर्षीय धन बहादुर बोहरा ३ किलो ८ सय ४ ग्राम लागू औषध (चरेश)सहित जिल्लाको अमरगढी नगरपालिका ८ मिटमार्ट मासु पसल नजिकबाट बिहीबार प्रकाउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराबट खटिई गएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा बोहराको साथबाट उक्त लागू औषध (चरेश) सहित १ थान मोबाईल फोन, १ थान सादा मोबाईल, नेपाली रुपैयाँ २३,५३० र भारतिय रुपैयाँ २,६१० समेत फेला पारी रितपुर्वक बरामद गरिएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन