बझाङ । मोटरसाइकल दुर्घटनामा परि घाइते भएका बझाङका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । मंगलबार कैलालीको मनोहरा नजिकैको जंगलमा मोटरसाइकल दुर्घटनामा परेका केदारस्युँ गाउँपालिका वडा नम्बर– ५ चौडल्लीका चक्र बोहोराको आज धनगढी स्थित
निसर्ग अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बोहरा हिजो धनगढी मनोहरा नजिकैको जंगलमा बेहोस् अवस्थामा भेटिएका थिए । उनी के कसरी दुर्घटनामा परे यसबारे खुलेको छैन । उनका आफन्तहरुले घटना शंकास्पद भएको भन्दै छानबिनको माग राखेका छन् । घटनापछि बोहराले लगाएका चप्पल मिलाएर राखिएको लगायतका कुराले घटना शंकास्पद भएको आफन्तको भनाई छ ।
प्रतिक्रिया जनाउनुहाेस्