बझाङ । जिल्लाको बुङ्गल नगरपालिका लगायत धेरैठाउँहरुमा खाना पकाउने एलपी ग्याँसको अभाव देखिएको छ । साउन देखिनै लगातार आएको अविरल वर्षाका कारण गएको बाढी र पहिरोले बागथला ,विजगडा सडक अवरुद्ध भएपछि यातायातका साधन चल्न सकेका छैनन्। यातायातका साधान चल्न नसक्दा बजारमा दैनिक प्रयोग हुने खाना पकाउने एलपी ग्याँस संगै उपभोग्य सामान, खाद्यवस्तु ,लगाएत तरकारीको पनि अभाव देखिएको हो ।
दैनिक उपभोग्य वस्तुहरूको समेत बजारमा चरम अभाव भए संगै सामानको मुल्य पनि अकाशिय पछि सर्वसाधारणहरू मर्कामा परेका छन ।स्थानीयले मुल्य भन्दा बढी रुपयाँ तिरेर पनि बजारमा दैनिक उपभोग्य समान पाइन छाडेको बताइएको छ । विजगडा बजारमा पसल संञ्चालन गर्दै आएका स्थानिय राम जाग्रीले आटा किन्न खोज्दा पनि नपाएको र बजारमा ग्याँस सिलिन्डरको पनि निकै अभाव भएको बताए । विजगडाकै अर्का व्यवसायि धन बहादुर धामीले पनि बजारमा खाना बनाउने ग्याँस पाउन छाडेपाछि दाउरा खोज्न गाउँतिर जानु पर्ने वाद्यता रहेको बताएका छन् ।
त्यस्तै अवरुद्ध सडक संञ्चालनमा आउन अझै समयलाग्ने देखिएकाले स्थानियहरु बढीनै पैसा तिरेर भएपनि खाद्यान्नको जाहो गर्न तिर थालेका छन् ।नगरपालिका बजार मा खाद्यान्न देखि दैनिक उपभाेग्य सामान पाउन छाडेपछि व्यापारीहरुले भएका बस्तुहरु समेत लुकाएर महंगो मुल्यमा बिक्री गर्दै कालाेबजारी गर्न थालेको स्थानीय आशिक ठकुरीले बताए ।सडक बन्द भएको लगभग एकमहिना सम्म पनि सामान्य यातायात खुलाउन नसक्नुले स्थानीय सरकार गैरजिम्मेवार रहेको उहाँले बताए ।
साथै बिजगडा बजारका कतिपय व्यवसायि भने दैनिक उपभोग्य वस्तु ,खाद्यान्न ,र ग्याँस सबैको अभाव देखिएपछि व्यवसाय नै बन्द गर्न थालेका छन् ।
बाढी पहिरोले सडक अवरुद्ध हुँदा बुंगलबासी मार्कामा परेका छन् । यस विषयमा बुंगल नगरपालिकाका प्रमुख जयबहादुर धामीले भने बागथला, बिजगडा सडक संञ्चालनको लागि यातायात कार्यालय ,भौतिक पुर्वाधार कार्यालय र बागथला, बिजगडा कालोपत्रे गर्न ठेक्का पाएको के. एस. कन्टक्सन संग पनि छिटो सडक सञ्चालन गर्न समन्वय गरिरहेकाले बताए । कालंगा हाइड्रोपावरको काम सकिएपछि स्थानीय सरकारलाई भने सडक शुचारु गर्न सकस परेको छ।
बुङ्गल नगरपालिका जोड्ने बित्थड ,देउलिकोट देखी बुङ्गल झपा हुदै बिजगडा जोड्ने सडक पनि संञ्चालनमा ल्याउन सकिएको छैन् ।
निरन्तर पानी परिरहेकाले सडक सुचारु गर्न अझै समय लाग्ने बताइएको छ ।