सुरेश धामी , बझाङ । बझाङको बुंगल नगरपालिकाले कामहरु चुस्त दुरुस्त राख्न भन्दै सिसिटिभी जडान गरेको छ । नगरपालिकाले सेवाग्राहीको सहजिकरण र पालिकाले गर्ने कामको रिकर्ड राख्नको लागि सिसिटीभी जडान गरीएको हो।
नगरपालिकाको कार्यालय भित्रका गतिविधिहरुको अवलोकन सहित सेवा प्रदायकहरुले सेवा लिन आएका नागरीकहरुलाई कसरी काम गरिरहेको छन् भनेर हेर्नको लागी सोमबार नगरपालिकाका केही शाखाहरुमा र अन्य बढी भिढभाड हुने ठाउँ लगाएत नगरपालिका बाहिरसम्म ८ वटा सिसिटीभी जडान गरी निगरानी गर्न शुरु गरीएको बुंगल नगरपालिकाका नगर प्रमुख जयबहादुर धामीले बताउनु भयो ।
बुंगल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य प्रसाद चपागाँईको निगरानीमा सिसिटिभीका गतिविधि रहने छन । जडान गरीएको सिसिटीभीमा महिनौ सम्मकोे डाटा स्टोर हुने व्यवस्था मिलाइएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेश कुवरले जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिका कार्यलयका गतिविधिहरुको निगरानी गर्न प्रमुख प्रशासकीय अधिकृतले सिसिटीभी हेर्नेछन्।